चौरजहारी विमानस्थल ८ महिनादेखि बन्द

रुकुम पश्चिमको चौरजहारी विमानस्थल ८ महिनादेखि बन्दचौरजहारी विमानस्थल ८ महिनादेखि बन्दमेगराज खड्कारुकुम, ३० पुस रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा ८ महिनादेखि नेपाल वायुसेवा निगमको हवाइसेवा बन्द भएको छ । गत जेठ दोस्रो सातादेखि हवाइ यातायात सेवा बन्द भएको हो । सातामा २ वटा उडान हुने चौरजहारी विमानस्थलमा हवाइ सेवा बन्द हुँदा यात्रुहरू मारमा परेका छन् । देशको १० नयाँ सहरको सूचीमा परेको चौरजहारी विमानस्थलमा नियमित उडान सेवा बन्द भएसंगै बिरामीहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् ।
चौरजहारी अस्पतालबाट नेपालगन्ज र काठमाडौंका लागि रेफर गरिएका बिरामीहरू हवाइ सेवा नहँुदा गाडी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । गम्भीर प्रकृतिका बिरामीहरूको स्वास्थ्य अवस्था जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको स्थानीय नाराण प्रसाद आचार्यले जानकारी दिए । प्राविधिक कारण भन्दै हवाइ यातायात सेवा बन्द भएको नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै चौरजहारी स्टेसनका निमित्त प्रमुख सुरेन्द्र नेपालीले जानकारी दिए ।
उनका अनुसार यात्रुहरूको संख्या नभएकाले उडान कटौती गरेर सदरमुकाम खलंगा सल्ले विमान स्थलमा उडान थप गरिएको छ । चौरजहारी स्टेसनलाई नबुझेर उडान सेवा कटौती गर्नुले जाजरकोट, सल्यान र चौरजहारीवासीलाई मर्का परेको उनको भनाइ छ । यसअघि सातामा २ दिन चौरजहारी विमानस्थलमा हवाइ सेवा संचालन थियो । सल्यान र जाजरकोट जिल्लाका यात्रुहरूको लागि भरपर्दाे सेवाको रूपमा रहेको चौरजहारी स्टेसनमा हवाई सेवा बन्द गरेर यात्रुहरूलाई हवाइ सेवाबाट वञ्चित गरिएको नगर प्रमुख विशाल शर्माले बताए ।
देशको नमुना सहरको रूपमा स्थापित चौरजहारीमा हवाई यातायात सेवा नियमित हुनुपर्ने प्रमख शर्माले जोड दिए । सातामा २ वटा उडान भर्ने मुसिकोट सल्ले विमानस्थलमा हाल चौरजहारी स्टेसनको सेडुल कटौती गरेर हप्तामा ४ वटा उडान कायम गरिएको छ । रुकुम मुसिकोटमा हप्तामा २ पटक काठमाडौंबाट र २ पटक नेपालगन्जबाट गरी ४ पटक उडान भइरहेका छन् । रुकुमका दुवै विमानस्थलमा नेपाल वायुसेवाबाहेक अन्य निजी विमान कम्पनीको नियमित सेवा छैन ।