अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन माग «

अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन माग


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स कोरोना महामारीको समयमा अत्यावश्यकीय सामग्री ढुवानी तथा आपूर्ति सहज बनाउन माग गरेका छन् ।
निजी क्षेत्रका अग्रणी संस्थाहरुले कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण भएपनि हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसँग मौज्दात रहेको सिलिन्डर ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपील गरेको छ ।
मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको भन्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले कोभिड–१९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको पनि जनाएको छ ।
सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दै आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चिति नगर्न आग्रह गरेको छ ।
यस्तै महामारीको समयमा अत्यावश्यकीय खाद्य सामग्रीको संचिति र मूल्य वृद्धि नगर्न उनीहरुले व्यवसायीलाई भनेका छन् । केही निजी अस्पतालहरुले चर्को शुल्क लिइ उपचार गरिरहेको भन्दै बिरामीको जीवनरक्षामा ध्यान दिएर मानवीयता प्रकट गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्