Logo

विद्युत नियमन आयोगको पदाधिकारी चयन प्रक्रिया सुरु

काठमाडौं-कानुनतः नेपाल विद्युत नियमन आयोग स्वत सक्रिय भएको एक बर्षपछि आयोगका पदाधिकारी चयनका लागि प्रक्रिया अघि बढेको छ । २०७४ मंसिर २० देखि सक्रिय भएको नियमन आयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बल्ल पदाधिकारी चयनका लागि प्रक्रिया अघि बढाएको हो । यसका लागि शुक्रबारमात्र विद्युत पदाधिकारी लागि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले सचिव सञ्जय शर्माको संयोजकत्वमा ३ सदस्यीय पदाधिकारी सिफरिस समितिले अध्यक्ष र एक महिलासहित चार सदस्य पदका लागि खुल्ला प्रस्ताव आह्वान गरेको हो । तोकिएको योग्यता तथा अनुभव प्राप्त व्यक्तिले सूचना प्रकाशन भएको २१ दिनभित्र आवेदन दिनुपर्ने प्रस्तावमा उल्लेख छ । आयोगको अध्यक्ष हुन सरकारको सचिव वा अर्थशास्त्र, विज्ञान, राजनीतिशास्त्र, वाणिज्यशास्तमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा २५ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । यस्तै, सदस्यका लागि उल्लेखित विषयमा स्नातकोत्तर गरी सम्बन्धित विषयमा १५ वर्ष अनुभव हासिल गरेको योग्यता तोकिएको छ ।
प्रतिनिधिसभाले २०७४ साउन २७ गते ‘विद्युत नियमन आयोग ऐन’ स्वीकृत गरेकोमा राष्ट्रपतिबाट लालमोहर लगाएको ९१ औं दिनपछि अर्थात २० मंसिरदेखि सक्रिय आयोग सक्रिय भएको थियो । २०६५ सालमै नियमन आयोग गठनको मस्यौदा तयार भए पनि संसदबाट पारित हुन ९ वर्ष लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्