संयुक्त उर्जाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं- संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक गोपालप्रसाद निउरेले हस्ताक्षर गरेका छन् । संयुक्त उर्जाले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु भइसकेको छ ।