कजारियाको उपभोक्ता अफर सार्वजनिक

काठमाडौं– कजारिया टायल्सले ग्राहक लक्षित ‘कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश’ उपभोक्ता योजना घोषणा गरेको छ । कम्पनीले चाडपर्व अवसरमा सार्वजनिक गरेको योजनामा ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बट स्मार्ट वाच जित्ने मौका पाउनेछन् ।
बम्पर उपहारस्वरूप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिने कम्पनीले जनाएको छ । कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन उपभोक्ता योजना ल्याएको हो ।
ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा एक हजार वर्गफिट कजारिया टायल्स खरिद गरेपछि यसमा सहभागी हुन सक्नेछन् । एक हजार वर्गफिटभन्दा बढी खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रमार्फत आकर्षक बट स्मार्ट वाच जित्न योग्य हुने कम्पनीले जनाएको छ ।