Logo

शाओमी फोरके क्यूएलइडी टिभी बजारमा

काठमाडौं– शाओमी ब्रान्डले नेपाली बजारमा साना कोठाका लागि एचडी एवं फूलएचडी टिभी र ठूला मनोरञ्जन कक्ष वा लिभिङ रुम लक्षित फोरके क्यूएलइडी टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यी सबै मोडलमा गुगल टिभी, क्रोमकास्ट, गुगल असिस्टेन्ट जस्ता अत्याधुनिक स्मार्ट फिचर रहेको कम्पनीले जनाएको छ । कम्पनीले ३२ इनच एचडी शाओमी ए प्रोको मूल्य २९ हजार ९९०, शाओमी ४३ इन्च एफएचडीको मूल्य ४९ हजार ९९९, शाओमी ए प्रो४३ को मूल्य ५४ हजार ९९९ पर्ने जनाएको छ ।

यस्तै, शाओमी टिभी ए५५ को मूल्य ७९ हजार ९९९ पर्छ । यो टिभीमा डब्ली अडियो, क्रोमकास्ट, १६ जीब रोमलगायत सुविधा छन् । शाओमी ए प्रोको मूल्य एक लाख १४ हजार ९९९, शाओमी ए प्रो ६५ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस्