Logo

एनआइएमबीले महिला उद्यमी महासंघका सदस्यलाई विभिन्न सेवामा विशेष छुट दिने

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । एनआइएमबी र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न सम्झौता भएको हो ।

एनआइएमबीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरी व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्