Logo

एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

काठमाडौं- एन आई सी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतासँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिइ डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्