दोहोरो अंकले घटेकाे शेयर बजारमा ४ अर्ब ७२ करोड कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।
बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २ हजार ७ सय २६.३३ विन्दुमा झरेको हो । मंगलबार ४ अर्ब ४३ करोडको कारोबार भएकोमा बुधबार ३ सय २६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा किनबेच भएको छ ।
बुधबार म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । बुधबार २ सय १३ वटा कम्पनीको शेयर घटेकोमा ३९ वटाको बढेको छ । बुधबार लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बुधबार हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।