दुई लाख सात हजार नौ सय पुग्यो सुनको मूल्य

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय कायम भएको छ ।
मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९ सयमा कारोबार भएकोमा बुधबार प्रतितोला दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४ सय ८० रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।