Logo

विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको उपशाखा

विराटनगर– कैलालीमा मुख्य कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले विराटनगरमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा पहुँच विस्तार गर्ने उद्देश्यले कम्पनीले विराटनगरमा उपशाखा विस्तार गरेको हो । विराटनगर उपशाखा उद्घाटन बीमा प्राधिकरण कोसी प्रदेश प्रमुख प्रीति देवले गरेकी थिइन् ।

कार्यक्रममा कम्पनीका कोसी प्रदेश प्रमुख धना भट्टराईले उपशाखा विस्तारले संस्थाको सेवा पहुँच थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । कम्पनीका सहायक प्रबन्धक टेकप्रसाद गुरागाईंले लघु बीमामार्फत सरकारको बीमा पहुँच विस्तारको लक्ष्य हासिल गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्