ग्लोबल आइएमई सेक्युरिटिजको साधारणसभा

काठमाडौं– ग्लोबल आइएमई बैंक लगानीको ग्लोबल आइएमई सेक्युरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले आगामी कार्ययोजनाबारे जानकारी दिएका थिए । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले संस्था स्थापनाको उद्देश्यबारे प्रकाश पारेका थिए ।
साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने र प्रबन्धपत्र/नियमावली संशोधनलगायत विषय सर्वसम्मत पारित गरेको छ ।