सन नेपाल लाइफको वित्तीय सुरक्षा तालिम

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले बाँकेको कोहलपुरमा कर्मचारीको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले ‘एन्टी मनी लन्ड्रिङ तथा कम्ब्याटिङ द फाइनान्सिङ अफ टेरोरिजम्’ का साथै संस्थागत सुशासनसम्बन्धी विशेष तालिम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा उपनिर्देशक पदमप्रसाद सोडारीले तालिम कर्मचारीलाई तालिम दिएको कम्पनीले जनाएको छ । सुवेदीले मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणजस्ता विश्वव्यापी चुनौतीले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नारायणी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका शाखा प्रमुखलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा कम्पनीका विभागीय प्रमुख उपस्थित थिए ।