हिमालयन ८०–२० योजनाको लाभांश घोषणा

काठमाडौं– हिमालयन बैंक कोष प्रवर्द्धन तथा हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फन्डअन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८१/८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको छ ।
हिमालयन क्यापिटलको भदौ १३ मा बसेको ७४औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट योजनाका इकाइधनीलाई करसहित १६.१६ प्रतिशतको दरले हुन आउने १६ करोड १६ लाखको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
हिमालयन ८०–२० योजनाले वितरण गर्ने लाभांश प्रक्षेपणभन्दा ६ प्रतिशत अधिक र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको कम्पनीले जनाएको छ ।
निकट भविष्यमा खुलामुखी योजना सञ्चालनमा ल्याउने तयारीमा रहेको हिमालयन क्यापिटलको व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले आगामी वर्षमा पनि इकाइधनीलाई उत्कृष्ट प्रतिफल दिने लक्ष्य राखेको छ ।