विद्युत समस्या समाधान गर्न सम्भाव्यता अध्ययन

दीर्घकालीन रूपमा विद्युत समस्या समाधानका लागि बाँकेमा सम्भाव्यता अध्ययन गरिएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले यस क्षेत्रको विद्युत समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि २५ वर्षे योजना बनाउने क्रममा सर्भे गरेको हो ।
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्जका अनुसार २५ वर्षभित्रमा ८ सय मेगावटका लागि संरचना बनाउने गरी सर्भे गरिएको छ । सर्भेमा ८ सय मेगावाटको लोड बढ्दा पनि धान्ने गरी संरचना बनाउन सर्भे गरिएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख सुरज गौतमले जानकारी दिए ।
उनले टोलीले पहिलो चरणमा गरेको सर्भेमा त्यसका लागि आवश्यक पर्ने सबस्टेसन थप्ने, नरैनापुर र खजुरामा सोलार पावर प्लान्ट बनाउने, भेरी बबई डाइभर्सनबाट ४० मेगावट विद्युत उत्पादन हुन योजना बनाइएको छ । उनले बाँके र बर्दियामा ३३/११ केभीएलाई १३२/३३ सबस्टेसन बनाउने सर्भे भएको जानकारी दिए ।
यसले २५ वर्षका लागि विद्युत र भोल्टेजको समस्यालाई समाधान गर्न मद्दत पुग्ने प्रमुख गौतमको भनाइ छ । हाल नेपालगन्जमा भारतबाट १० मेघावट बिजुली आइरहेको छ भने थप नेपाली प्रसारण लाइनबाट उपलब्ध विद्युतले माग धानेको छ । दैनिकरूपमा उद्योगधन्दा कलकारखाना बढ्दै जाँदा जिल्लामा पर्याप्त विद्युत नपुग्दा बेलाबेलामा विभिन्न ठाउँमा समस्या देखिने गरेको छ ।