Logo

श्रम अदालतका मुद्दा टुगिँंदै

श्रम अदालतले यस आर्थिक वर्षको जेठ महिनासम्ममा १ सय ६८ थान मुद्दा दर्ता भएको जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अदालतले यसबारेमा जानकारी गराएको हो । आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्म १६८ थान मुद्दा दर्ता भएकोमा १९३ मुद्दा फछ्र्यौट भएको श्रम अदालतकी सूचना अधिकारी रत्ना घिमिरेले बताए । उनले गत वर्षदेखि बाँकी रहेको र यस वर्ष दर्ता भएका श्रम सम्बन्धि मुद्दा जम्मा ३९७ मुददमध्ये २०४ वटा मुद्दाको फछ्र्यौट भएको बताउनु भयो । उनले आर्थिक वर्ष २०७७/०७८ मा वार्षिक लागत जिम्मेवारीतर्फ ११५, नयँ दर्तातर्फ १९९ गरी कुल ३१४ रहेको बताए । त्यस्तै फछ्र्यौटमा फछ्र्यौट लक्ष्य १८३, फछ्र्यौट ८५ र फछ्र्यौट प्रतिशत ४६ रहेको बताए । गत आर्थिक वर्षमा फछ्र्यौट प्रतिशत ६७ थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को मासिक लागत लक्ष्य साउनमा १६, भदौ ३०, असोज ३०, कार्तिक १२, मंसिर २८, पुस २८, माघ ३०, फागुन २५, चैत ३३ र २०७९ को वैशाखमा २९ र जेठमा ३२ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा क्रमशः साउनमा २, भदौ १४, असोज १७, कार्तिक ४, मंसिर ९, पुस १२, माघ ५, फागुन ३०, चैत १७ र २०७९ वैशाख २५ र जेठ ५६ वटा मुद्दा फछ्र्यौट गरेको छ । प्रतिशतमा हेर्ने हो भने क्रमशः १२.५, ४६.६, ५६. ६, ३३.३, ४२.८, १६.६, १२०, ५१.५, ८६.२ र १७५ प्रतिशत फछ्र्यौट गरेको बताए ।
सूचना अधिकारी घिमिरेले कार्यालय भाडामा सञ्चालन भइरहेको र कोठाको अभाव रहेको, पार्किङ स्थलको अभाव, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानरको न्यून उपलब्धता, सदस्यहरुको सवारी साधन पुरानो भएको र कार्यालयमा आवश्यक पर्ने आधारभुत सवारीसाधन पर्याप्त नभएको बताउनु भयो । आर्थिक वर्ष २०७८/०७९ मा रेडियो नेपाल विपक्षी भएको तीन थान मुद्दा मिलापत्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्