Logo

नाडाको अध्यक्षका प्रत्यासी थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यही मंसिर २३ र २४ गते हुने ४५औं साधारणसभा तथा अधिवेशनमा ध्रुव थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी थापा समूहका उम्मेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत भएको छ ।
नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका हुन् । उनी हिमालय अर्गनाइजेशनका अध्यक्ष हुन् । नाडाको इतिहासमा पहिलो पटक महिला उम्मेद्वारसहितको प्यानल थापा समूहले सार्वजनिक गर्दै भोट अपिल गरेका छन् । कर्पोरेट अटो व्यवसायीदेखि साना व्यवसायीलाई समेत समेटेर थापा समूहले प्यानल ल्याएको दावी गरेको छ ।
कार्यक्रममा थापाले नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपायहरु र टिमको प्रतिवद्धता प्रस्तुत गरेका छन् । आफ्नो टिम समावेसी रहेको दावी गर्दै थापाले सानादेखि ठूला व्यवसायी सबैको साथ आफूसँग रहेकाले चुनावमा सफलता हासिल गर्ने दावीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्