पुम्दी भुम्दीको सडक निर्माणमा ५५ करोड लगानी आवश्यक अर्थमन्त्री बराल «

पुम्दी भुम्दीको सडक निर्माणमा ५५ करोड लगानी आवश्यक अर्थमन्त्री बराल


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराको बिशाल महादेवको मूर्ति धामलाई अब नवलपुरको त्रिवेर्णीधामदेखि हिमाल पारीको जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय तिर्थ स्थल मुक्तिनाथ मन्दीरलाई समेत जोड्नुपर्ने बताए । पुम्दीकोट कोट विकास समितिले सोमबार पुम्दीकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरूलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकासको एउटा आधार धार्मिक पर्यटन समेत भएकोले अब नवलपुर देखि पुम्दीकोट हुदै मुक्तिनाथ मन्दीरसम्म जोड्नु पर्ने बताएका हुन् ।
उनले भने “कोरोनाले अर्थतन्त्र थिलो थिलो भएको अबस्थामा मापदण्ड पालना गर्दै जुन रुपमा बिशाल महादेवको मूर्ति निमार्ण कार्यलाई समितिले निरन्तरता दियो त्यो नै तपाईहरूको ठुलो सहास हो, बाँकी अधुरा काम अब पुरा गर्न हामीले पनि थप सहयोग गर्छौं ।” पोखरा–२२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा निर्माण हुँदै गरेको बिशाल महादेवको मूर्ति निर्माण सहितको अन्य भौतिक संरचना निर्माणमा गण्डकी प्रदेश सरकारले पुनः थप सहयोग गर्ने उनले जनाए । प्रदेशका मुख्यमन्त्री पोखरेलले पुम्दीकोट प्रदेशकै पर्यटकीय एवं धार्मिक क्षेत्रको समेत नयाँ गन्तव्य भएकाले त्यसमा आवश्य पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाए ।
उनले भने, “शिलन्यासको अवसरमा एक पटक पुम्दीकोट आउने मौका मिलेको थियौं, मैले सोचे भन्दा धेरै राम्रो विशाल महादेवको मूर्ति स्थापना भएको छ, पर्यटकहरू पनि आउन थालेकाले हामी निकै प्रभावित भएका छौं । ” विकासका लागि सरकार एउटा सहजकर्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकासको एउटा आधार धार्मिक पर्यटनसमेत भएको दाबी गरे । प्रदेशको बजेटसंगै थप बजेट आवश्यक परेमा संघीय सरकारसँगको समन्वयमा केही रकम निकासा गर्न पहल गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोटको बृहत विकाससँगै पुम्दी भुम्दीको सडक निर्माणमा करिब ५५ करोड लगानी आवश्यक भएको बताए । सवैको साथ र सहयोगले अर्थमन्त्री भएकोमा सबै प्रतिआभार व्यक्त गर्दै मन्त्री बरालले आफू स्थानीय भएको नाताले पनि विशाल महादेवको मूर्ति सहितको थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्न मुख्यमन्त्री सहितका अन्य मन्त्री समक्ष आग्रह गरे ।
पुम्दीकोट कोट विकास समिति एवं विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले उक्त परियोजनामा हाल करिब २५ करोड लगानी भएको बताए । उनका अनुसार समितिसंग हाल ४ करोड ऋण भएको समेत जनाए । करिब ४५ करोडको परियोजना सम्पन्न गर्न पुनः सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । ं
मनो रेल सहितको ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृतिपार्क लगायतका भौतिक संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । रातको समयमा ताण्डव नृत्य प्रर्दशन गरी एक रात पर्यटकलाईं पुम्दीकोटमै बसाल्ने अभियानमा रहेको उपाध्यक्ष हिमलाल बरालले बताए । पुम्दीकोटमा हाल सयौंको सङख्यामा पर्यटकहरू आउन थालेको स्थानिय प्रकाश बरालले बताए । कार्यक्रममा सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार मन्त्री, कुमार खड्का, मन्त्री बिन्दुकुमार थापा लगायतका मन्त्री एवं सांसदहरूको सहभागिता रहेको थियो । उहाँहरूको कार्यकालको सफलताको कामना गर्दै समितिले मुख्यमन्त्री, मन्त्री एवं सांसदहरूलाई सम्मान गरिएको थियो । प्रदेशबाट चालू आर्थिक बर्षमा उक्त परियोजनाको लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्