एसियन लाइफ इन्स्योरेन्सको दम्पती सुरक्षा जीवन बिमा «

एसियन लाइफ इन्स्योरेन्सको दम्पती सुरक्षा जीवन बिमा

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम जीवन बिमा योजना ल्याउने क्रममा पारिवारिक खुसीका पलहरूमा आर्थिक सुरक्षाको अनुभूति प्रदान गर्न ‘दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)’ जीवन बिमा योजना चलनमा ल्याएको छ । यस योजनामा एउटै बिमालेखबाट श्रीमान्-श्रीमती दुवै जनाको जोखिम बहन हुने भन्दै कम्पनीले यस एउटै बिमालेखबाट श्रीमान्-श्रीमती दुवैको बिमांकको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने, ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको बिमा गर्न सकिने, ठूलो बिमांकको बिमाशुल्क रकममा छुट सुविधा, दुर्घटना मृत्यु लाभ, स्थायी अपांग-अशक्त सुविधा एवं बिमा शुल्क छुट सुविधा भएको तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रूपमा बिमाशुल्क भुक्तानीको सुविधा रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्