रथी गिरीलाई दज्र्यानी «

रथी गिरीलाई दज्र्यानी

प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका शरदकुमार गिरीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति थापाले गिरीलाई रथीको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
गत शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले उपरथी गिरीलाई रथीमा बढुवा गरेको थियो । दज्र्यानी चिन्ह प्रदानसँगै गिरीलाई बलाध्यक्ष विभागको प्रमुखमा पदस्थापन गरिएको छ । नागरिकता तथा शैक्षिक प्रमाणपत्र छानबिनमा कैफियत देखिएको भन्दै प्रधानसेनापति थापाले वरिष्ठतम उपरथीद्वय क्रमशः अनुजबहादुर बस्न्यात र देवकुमार सुबेदीलाई रोकेर तेस्रो वरियताका उपरथी गिरीलाई रथीमा सिफारिस गरेका थिए । बढुवा सिफारिस नभएपछि बस्न्यातले मंसिर २४ गते नै अवकास पाइसकेका छन् भने अर्का उपरथी सुवेदी अवकासअघि नै विदा बसिसकेका छन् ।
आफूभन्दा कनिष्ठ उपरथीलाई बढुवा सिफारिस गरेपछि सुवेदी २ साताअघि नै अवकासमा जाने गरी घर विदामा छन् । बढुवा नभएपछि उनी पदावधिका कारण आगामी २३ गतेबाट अवकासमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्