पोखरामा बन्यो आकासे पुल «

पोखरामा बन्यो आकासे पुल

पोखरामा पहिलो आकासे पुल निर्माण भएको छ । पोखराको सिर्जना चोकमा पोखरा क्षेत्रकै पहिलो आकासे पुल निर्माण भएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बताए ।


पुलको माथिल्लो भागमा छानो हाल्न र रंग रोगन गर्न मात्र काम बाँकी रहेको उनले जनाए । करिब २ करोड ५४ लाखको लागतमा स्टिल स्ट्रक्चर संरचनामा बनेको उक्त पुलको उचाई भने ८ मिटरको रहेकाछ ।
पुलको औपचारिक उद्धघाटन भने यही असार महिनाको मसान्तर भित्रै हुने तयारी गरिएको अध्यक्ष बरालले बताए । चारैतर्फ बाटो रहेको उक्त पुल निर्माण भएपछि व्यस्त रहने सिर्जना चोकमा बाटो काट्दा सडकमा हुन सक्ने सवारी दुर्घटनालाई समेत यसले केही हदसम्म कम गराउन मद्ध्न पुग्ने उनले विश्वास व्यक्त गरे ।


केएमजेबिएनएस पोखरा जेभि, पोखरा (१७ ले उक्त परिजोजनाको जिम्मा लिए पनि प्राविधिक कारणले गर्दा उक्त परियोजना निर्धारित समय भन्दा केही ढिलो गरी सम्पन्न गर्ने भएको हो । स्व.पर्यटन मन्त्री रविन्द्र अधिकारीले सांसद विकास कोषको ५० लाख रुपैयाँ लगानी भएको हो भने बाँकी रकम पोखरा महानगरपालिकाले लगानी गरेको अध्यक्ष बरालले बताए ।
२०७६ जेठ २७ गते महानगरले १५ महिनामा सकिने गरी उक्त कम्पनीसँग सम्झौता गरेको थियो । पोखरामा स्मार्ट सिटीको अभियानअन्तर्गतकै उक्त संरचना भएको पोखराका मेयर मानबहादुर जिसीले बताउँदै आएका छन् ।
पोखरामा ट्राफिक जामलाई मध्यनजर गर्दै महानगरपालिकाले सिर्जना चोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण गरेसँगै अन्य ठाँउमा समत आकासे पुल निर्माण गरिने भएको मेयर जिसीले बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड जाने, सभागृह चोक तथा पृथ्वीचोक, राष्ट्रबैंक तथा सिद्धार्थ चोक जाने बाटोमा पोखराको पहिलो आकासे पुल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्