Logo

नेपाल पुनर्बिमा कम्पनीसँग नेपाल लाइफ इन्स्योरेन्सको पुनर्बिमा सम्झौता

 नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/७६ को बजेट वक्त व्यबाट व्यवस्था गरेबमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालू आवको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्