नेपाल पुनर्बिमा कम्पनीसँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बिमा सम्झौता «

नेपाल पुनर्बिमा कम्पनीसँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बिमा सम्झौता

काठमाडौं, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरेबमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाका लागि सम्झौता सम्पन्न भएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालू आवको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायिक हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्