यशोब्रम्हको शालिक अनावरण «

यशोब्रम्हको शालिक अनावरण

लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा स्थापना गरिएको राजा यशोव्रम्ह शाहको शालिक अनावरण गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले १६ औं शताब्दीका राजा यशोव्रम्ह शाहको शालिक अनावरण गरेका हुन् ।
नेपाली सेनाको नेतृत्वमा पुगेसँगै थापाले सरोकारवालाहरुसँग समन्वय गरी आफ्नै पहलमा दरबार परिसरमा यशोब्रम्ह शाहको शालिक स्थापना गरेका हुन् । शाहवंशीय राजाहरुको उद्गमस्थलको रुपमा परिचित गाउँसहरमा १६ औं शताब्दीतिर राजा यशोव्रम्ह शाहले शासन गरेको इतिहासमा उल्लेख छ ।
मुलुक बाइसे चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रह्म शाहले राज्य गर्थे । गाउँसहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्द्रसम्म आइपुगेको थियो ।
प्रधानसेनापति थापाले शालिक अनावरणसँगै कालिका मन्दिरमा विशेष पूजासहित निशान समर्पण पनि गरेको लमजुङस्थित श्रीजङ गणका गणपति शिखर जबराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्