Logo

थापा ४३ औं प्रधानसेनापति

नेपालको ४३ औं प्रधानसेनापतिमा वरिष्ठतम रथी पूर्णचन्द्र थापा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानेनापति थापालाई आइतबार ४३ औं प्रधानसेनापतिका रुपमा दज्र्यानी प्रदान गरी पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
नेपालको संविधान २०७२ को धारा २६७ मा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्ति तथा दज्र्यानी चिन्ह प्रदान गर्ने व्यवस्था छ । राष्ट्रपति नेपाली सेनाको परमाधिपति रहने संवैधानिक व्यवस्था छ । दज्र्यानी चिन्ह पाएलगत्तै प्रधानसेनापति थापा सैनिक मुख्यालय पुगी कार्यभार सम्हालेका छन् । आइतबार नै प्रधानसेनापति थापाले सैनिक मञ्च टुँडीखेल र छाउनी स्थित वीर स्मारथ पुगी शहीदहरुप्रति श्रद्दाञ्जली अर्पण गरेका छन् । मन्त्रीपरिषद् बैठकले भदौ ३ गते थापालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले थापालाई प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन् । गत साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापतिका रुपमा कार्यरत थापा अब २०७८ भदौ २३ गतेसम्म नेपालको प्रधानसेनापतिका रुपमा रहने छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शनिबार (भदौ २३ गते) ४० वर्षे सैनिक सेवाबाट अनिवार्य अवकास पाएका थिए । २०१७ भदौ २५ गते लमजुङमा जन्मिएका थापाले २०३७ मंसिर २७ गते सहायक सेनानीबाट सैनिक सेवा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्