Logo

मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव

विराटनगर-वैदेशिक रोजगारीमा युवा पलायन हुँदा मसला उद्योगमा पनि दक्ष जनशक्ति अभाव भएको छ । पिसानी र प्याकेजिङका लागि जनशक्ति अभाव भएको विराटनगरस्थित विके मसला उद्योगका प्रबन्ध निर्देशक विवेककुमार अग्रवाल बताउँछन् । “स्वदेशमा रोजगारी पाइएन भन्दै युवाहरू विदेशिने क्रम बढ्दो छ,” उनले भने, “तर, दुर्भाग्य हामी उद्योग चलाउनेलाई कामदार पाउनै मुस्किल छ ।”
उनको उद्योगमा ४० जनाले रोजगारी पाएका छन् । दक्ष जनशक्ति नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न गाह्रो परेको उनी बताउँछन् । २०५७ सालदेखि मसाला उत्पादन सुरु गरेका अग्रवालले दैनिक ५ सय किलो उत्पादन गर्दछन् । गरम, मिट, सब्जी, मम, चाउमिन, चिकन, चाट, पानीपुरी, पनिरलगायतमा प्रयोग हुने मसाला उनी उत्पादन गर्छन् ।
आधुनिक मेसिन प्रयोग गरेर गुणस्तरीय मसला उत्पादन गरे पनि भारतबाट अवैध रुपमा आउने मसालाका कारण प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको कथन छ । भारतबाट नआउने हो भने पनि नेपाली उत्पादनले यहाँको माग धान्ने उनी दाबी गर्छन् । तर, भारतबाट आउने कम मूल्यका गुणस्तरहीन मसलाले यहाँको उत्पादनलाई समस्या पारेको अग्रवालले बताए ।
“यहाँको मसला गुणस्तरीय भएकाले स्वभाविक रुपमा केही महँगो पर्छ,” उनी भन्छन्, “तर, यो कुरा उपभोक्ताले अझै बुभ्mन सकेका छैनन् ।” बेसार, सुठो, तेजपत्ता, अदुवा, काँचो अलैंची यहाँ पाइए पनि जिरा, धनिया, मेथी, जुवानो, खुर्सानी, मरिज, दाहाल, चिनी, लुवाङलगायतका कच्चा पदार्थ भारतसहित तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।
पछिल्लो समय तयारी मसलाको माग बढेको उनले बताए । “गाउँतिर अहिले कुटानीपिसानी मिल छैनन् । घरमा झन्झट गरेर सिलौटोमा पिस्ने संस्कार पनि हराउँदै गएको छ,” उनले भने, “यसले गर्दा रेडिमेट मसलाको माग उच्च छ ।” पहाडी क्षेत्रमा सडक सुविधा नपुगेका कारण बजारीकरणमा समस्या भएको मसाला उद्योगी पुनमकुमारी अग्रवालकोे भनाइ छ । उनका अनुसार भरपर्दो सडक नहुँदा तराईका सहरमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था छ । पूर्वकै भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायतका जिल्लामा माग भएर पनि पु¥याउन नसकिएको अग्रवालले बताइन् । “सडक सुविधा हुने हो भने मसलाको बजार राम्रो छ,” उनले थपिन्, “सरकारले उद्योग फस्टाउने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्