सुन उपलब्ध नहुँदा सुनचाँदी पसल बन्द

मागअनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेपछि जिल्लाका सुनचाँदीपसलहरू बन्द भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको लागि पसल बन्द भएका हुन् । व्यवसायीकाअुनसार आजभोलि दैनिक २/३ किलो सुन आवश्यक पर्छ । तर, सरकारले महिनाको २ देखि ३ किलो सुन पठाउने गरेको छ । जिल्लामा सुनको अभाव भएपछि पसल बन्द गरिएको नेपाल सुनचाँदी व्यावसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले बताए ।
नजिकिएको चार्ड पर्वमा पसल बन्द गर्नु पर्दा ग्राहकलाई समेत समस्या परेको छ । चाडपर्व नजिकिए संगै बजारमा सुनको मागअत्याधिक बढेको बताउँदै सुनको अभाव हुँदा मागअनुसारको सुन ग्राहकलाई उपलव्ध गराउन नसक्दा पसल बन्द गर्नु परेको अध्यक्ष विश्वकर्माले बताए । “अन्य क्षेत्रको सिन्डिकेट हटेको छ तर सुनमा भने हटन सकेको छैन,” अध्यक्ष विश्वकर्माले भने । अहिले जिल्लामा १ सय २५ सुनचाँदी व्यवसायीहरू छन् । हाल जिल्लाको सुनको माग चार्डपर्वको समयमा
२ देखि ३ केजी दैनिक रहेको अध्यक्षले बताए । अन्य समयमा दैनिक डेढ केजी सुन आवस्यक पर्ने व्यवसायीले बताएका छन् । तर, जिल्लामा २ देखि ३ केजीमात्र महिनामा सुन आउने गरेको छ । “हामीले पैसा हालेर सुन किन्नसमेत पाएका छैनांै,” विश्वकर्माले भने, “जसले गर्दा ग्राहकको मागअनुसार सुन दिन सकेका छैनौं ।” आफूहरूको समस्याका बारेमा पटक–पटक जानकारी गराउँदासमेत सुनुवाइ नभएको व्यवसायीहरूले बताएका छन् ।
महासंघले वाग्मती अञ्चलका लागि ६० प्रतिशत र अन्य जिल्लाहरूलाई ४० प्रतिशत सुन दिँदै आएको छ । यसले वाग्मती बाहिरका जिल्लाका व्यवसायीहरूलाई समस्या पर्ने गरेको व्यवसायीहरू बताउँछन् । सुन नै नपाएर बन्द भएका पसल खुलाउन दाङ उद्योग वाणिज्य संघले पहल थालेको जनाएको छ ।