जब म्युजिक भिडियोमा कैद भयो आत्महत्याको दृश्य (भिडियोसहित)

काठमाडौं: कुनै म्युजिक भिडियो कसैको आत्महत्याको प्रमाण बन्न पुगेको कुरा पहिलो पटक सामुन्ने आएको छ। यो म्युजिक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यो भिडियो मलेसियाको रेड पिपुल सुपरग्रुपले बनाएको हो । यसमा एक गायिका फरक फरक स्थानमा अभिनयसहित गीत गाइरहेको देखाइएको छ ।
तर, यो म्युजिक भिडियोमा कसैले आत्महत्या गरिरहेको दृश्य पनि कैद भइरहेको छ भन्ने कुरा कसैलाई पनि थाहा थिएन ।
यस भिडियोमा एक व्यक्ति अग्लो घरबाट हामफालेर आत्महत्या गरिरहेको देख्न सकिन्छ । जब यो भिडियोमा गायिका जोएस चुज जिङ्गल गीत गाइरहेकी थिइन्, त्यही क्रममा उनको पृष्ठभूमिको अग्लो भवनबाट एक व्यक्तिले हामफाले ।