असार १ गतेबाट सातौं घरजग्गा मेला «

असार १ गतेबाट सातौं घरजग्गा मेला

अपार्टमेन्ट, आउजिङ तथा घरजग्गाको जानकारी, बिक्री तथा पराशर्म दिने उद्देश्यले असार १ देखि ५ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा सातौं घरजग्गा मेला (प्रोपटी एक्पो–२०१८ नेपाल) हुने भएको छ । यसैगरी असार ४ र ५ गते दोस्रो हाउजिङ समिटसमेत हुने भएको छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र समिटको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने योजना छ । नेपाल जग्गा तथा आवास विकास संघको मेला आयोजक समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विगतका वर्षहरूमा आयोजित मेलामा प्रदर्शन तथा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको जनाउँदै यो वर्षसमेत घरजग्गा मेला आयोजना गर्न लागेको जनाएको छ ।
नयाँ नेपाल निर्माणका लागि वैज्ञनिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा महत्वपूर्ण योगदान पुराइका व्यवसायीहरू र यसका उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम उत्पादन उपभोक्तामाझ पुराउने लक्ष्यसहित मेलाको आयोजना गरेको मेला संयोजक विपिन चित्रकारले जानकारी दिए ।
मेलामा उपभोक्ताहरूले नेपाली रियल इस्टेट व्यवसायको वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत जानकारी लिन सक्ने छन् । यस सातौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आ–आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शन गर्ने छन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अर्पाटमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादन तथा विक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरूको सहभागिता रहनेछ ।
मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वयर्स, पेन्ट्स, सावारी साधन, सजावटका सामान तथा वास्तुकलाजस्ता व्यवसायका संलग्न व्यवसायीहरूले आफ्ना उत्पादन गरी सोको जानकारी र परामर्श सेवासमेत उपलब्ध गराउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्