उद्योग वाणिज्य संघको अध्यक्षमा वैदार

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अमरेशचन्द्र वैदार विजयी भएका छन् । नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानबाट ६२४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी बद्रीबहादुर कार्कीले ४२५ मत प्राप्त गरेका छन् ।
निर्वाचनबाट वैदार नेतृत्वकको पुरै प्रजातान्त्रिक प्यानल नै विजयी भएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ विजयी भए भने महासचिवमा वीरवल चौधरी, उद्योग उपाध्यक्षमा राजमाया रायमाझी, वाणिज्य उपाध्यक्ष विजय कुवँर, कोषाध्यक्षमा रामभक्त श्रेष्ठ, उपमहासचिव मेघबहादुर कार्की, सहकोषाध्यक्ष किरणकुमार श्रेष्ठ विजयी भएका छन ।
यस्तै खुला सदस्यमा लालमान तामाङ, विमल प्रधान, राजुकुमार पोखरेल, देवनारायण श्रेष्ठ, युवराज श्रेष्ठ (आकाश) र महिला सदस्यमा राधा खड्का, भवानी कार्की, रेणुका कडेरिया, र सरिता उपाध्याय विजयी भएका छन । यसैगरी वैदारकै प्यानलबाटै वस्तुगत सदस्य बुद्ध विश्वकर्मा र आजीवन सदस्यमा विजय बस्नेत विजयी भएका छन् ।
यसैगरी शाखा उपाध्यक्षमा आनन्द कार्कीको मात्र उम्मेदवारी परेकाले यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनमा बद्रीबहादुर कार्की नेतृत्वको प्रगतिशील र अम्रेशचन्द्र वैदार नेतृत्वको प्रजातान्त्रिक प्यालनबीच प्रतिस्पर्धा भएको थियो । कुल १ हजार १३१ मतदाता रहेकोमा एक हजार ६० मत खसेको थियो । गत गणना शनिबार सकिएको हो ।