फिनल्यान्डका स्कुलमा रोबोट शिक्षक

फिनल्यान्डका स्कुलमा रोबोट शिक्षक हेलसिन्की । फिनल्यान्डको टेम्परीस्थित प्राथमिक विद्यालयमा एक नयाँ शिक्षक आएका छन् । यो शिक्षक २३ भाषा बोल्न र बुझ्न सक्छ । बच्चाले पटक पटक एउट प्रश्न गर्दा पनि शिक्षक रिसाउँदैनन् बरु शान्त तरिकाले यसको जवाफ दिन्छन् । पढ्दा पढ्दा बच्चालाई पट्यार लाग्यो भने यो शिक्षकले गङनम ढाँचाको नृत्य पनि गर्छ । यो शिक्षक कोही असाधारण मानिस नभइकन एक रोबोट हो । भाषा पढाउने एक फिट लामो एलियास नाम गरेको यो रोबोट सफ्ट बैंकको एनएओ ह्यूमनाइड इन्टरएक्टिभ कम्पेनियन रोबोट प्रोग्राम मुताविक विकास गरिएको हो । युटेलियास नाम गरेको कम्पनीले यसको सफ्टवेयर तयार पारेको हो । टेम्परीको प्राथमिक विद्यालयमा यस किसिमको रोबोटको पाइलट परीक्षण गरिँदै छ । यस परिक्षणको लक्ष्य भनेको रोबोटको माध्यमबाट गरिने अध्यापनले गुणात्मकता बढाउन सक्छ वा सक्दैन भन्ने हेर्नु हो । एलियास बालबालिकासँग अंग्रेजी, फिनिर तथा जर्मन भाषामा कुराकानी गर्छ ।