Logo

नेपाली ब्रान्ड सोनमको त्रिवि शिक्षण अस्पताललाई सहयोग

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सयथान व्यक्तिगत सुरक्षाकवच (पीपीई) सहयोग गरेको छ ।
कम्पनीका संस्थापक तथा सीईओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको हो ।
“नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कर्तव्य हो,” सीईओ टासीले भने । यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्