स्याङ्जामा गोली लागेर मृत्यु भएका प्रहरीको घटना शंकास्पद «

स्याङ्जामा गोली लागेर मृत्यु भएका प्रहरीको घटना शंकास्पद

स्याङजा-हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेल (ड्राइभर बाबु) को गोली लागेर मृत्युको घटना शंकास्पद भएको उनका आफन्तले दाबी गरेका छन् । पोखरा २६ घर भएका पौडेलको मृत्युको घटना शंकास्पद भएको मृतकका दाजु शिवजी पौडेलले बताए ।
उनले भने, “प्रहरी हाता भित्र गोली लागेर मृत्यु भएको घटना हामीलाई प्रहरीले फरक फरक ढंगले बुझाइएको छ, हामीले शनिबार घटनास्थलमा पुगेर हेर्दा भाइ लडेको र भित्तामा गोली लागेको ठाउँ असम्भव स्थानमा रहेको छ ।” निशासा र पेस्तोल रहेको ठाउँ समेत शंकास्पद भएकोले यस घटनाको सत्य तथ्य सार्वजनि गरी दोषी उपर कारावाही हुनु पर्ने मृतकका दाजु पौडेलले माग गरेका छन् ।
निष्पक्ष रुपमा छानविन गर्न माग गर्दैै उनका आफन्तले केही वेर पौडेलको शव बुझ्न मानेका थिएनन् । प्रहरीबाट छानविन समिति गठन भएकोले उक्त टोलीले सत्य तथ्य सार्वजनिक गर्ने प्रतिवदत्ता व्यक्त गरेकोले उनका आफन्तले पोष्टमाटम पश्चात शनिबार नै शव बुझेको उनका आफन्त सन्तोस अधिकारीले बताए । उनले भने, “घटना स्थल हेर्दा हत्या भएको हुन सक्छ, यसमा गहिरो रुपमा छानविन होस, दोषी उपर कारवाही हुनु पर्छ ।”
स्थानिय सोमनाथ लम्सालले प्रहरी पौडेलको मृत्युको घटनाले आफुहरुलाई निकै दुखि तुल्याएको बताए । उक्त स्थानमा विगत ८ बर्ष देखि कार्यरत भएकोले उनी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिए भएकोले उनको मृत्यु भएको घटनाको बिषयमा आफूहरुले पनि सत्य तथ्य घटना बाहिर ल्याउन प्रहरीलाई दबाब दिने स्थानिय लम्सालले बताए ।
शुक्रबार विहान करिब ११ः३० बजे स्थानिय विभिन्न ठाउँमा कोरोना भाइरस सम्बन्धि सचेतना जगाउदै गाडी चलाएर कार्यालय फर्किएका पौडेल खाना खाए पश्चात हात हतियार भण्डारण गर्ने कोठामा चाइनिज पेस्तोल मिलाउदै गर्दा एक्कासि गोली लागेर उनी गम्भिर घाइते भई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात प्रहरीले एम्बुलेन्सलाई खबर गर्दा समयमै फोन उठ्न नसके पछि नजिकैको स्वास्थ्य चौकीमा उनको प्रथामिक उपचार पश्चात स्टेरचरमा राखेर केही समय लगे पछि एम्बुलेन्स मार्फत उनलाई उपचार गर्न पोखरा लगिएको चिसापानी प्रहरी चौकीका प्रहरी निरिक्षक हरिबहादुर क्षेत्रीले बताए । उक्त घटनाको हाल अनुसन्धान भई रहेको स्याङजाका प्रहरी प्रमुख एस.पी.विमलराज कंडेलले बताए । मृतक पौडेलका बाबु, आमा, एक श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्