दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १९.८९ अंकले घटेर २ हजार ७ सय ४१.९७ बिन्दुमा कायम भएको हो ।
यस्तै, सोमबार पाँच अर्ब १० करोड कारोबार भएकोमा मंगलबार ४ अर्ब ४३ करोडको शेयर किनबेच भयाे । मंगलबार सबैभन्दा बढी व्यापार समूह १.९७ प्रतिशतले घटेको छ । तीन सय २३ वटा लगानी उपकरणको कारोबार भएकोमा एक सय ७४ वटाको मूल्य बढ्यो भने दुई सय ५८ वटाको मूल्य घट्यो ।
बाँकी स्थिर रहेको छ । सोमबारबाट कारोबारमा आएको हिम स्टार उर्जाको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २ सय ९४ रूपैयाँमा कारोबार भयो । मंगलबार उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर २ हजार ४६ रूपैयाँमा कारोबार भयो ।