Logo

महिला सशक्तीकरणमा कोका–कोला नेपालको कदम

एक महिलालाई सशक्तीकरण गर्नुहुन्छ तब तपाईंले राष्ट्रलाई सशक्तीकरण गर्नुहुन्छ, यो कोका–कोला कम्पनीको अभिव्यक्ति हो । महिलाहरूले आर्थिक सम्भावित क्षमता राख्नु संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास छ । कोका–कोला कम्पनी कार्यक्षेत्रमा र यसको सबै दृष्टिकोणबाट महिला सशक्तीकरणमा केन्द्रित रहेको छ । यसलाई कार्यमा लागू गर्दै बोटलर्स नेपाल लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स)ले आफ्नो ग्लोबल पहल ५ बाइ २० को हिस्साको रूपमा सप्किपर ट्रेनिङ एन्ड रिसोर्स ‘स्टार’कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य सन् २०२० सम्म ५० लाख महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु हो । कार्यक्रमको उद्देश्य नेपाली खुद्रा विक्रेताहरूलाई खुद्रा व्यवसायको ४ मुख्य क्षेत्रमा पसल व्यवस्थापन, स्टक व्यवस्थापन, ग्राहक व्यवस्थापन र वित्त व्यवस्थापनमा केन्द्रित भएर नेपालको गतिशील खुद्रा परिवेशमा सफल हुन आवश्यक सीप, प्रविधि र उपकरणहरू प्रदान गर्नु हो ।
बोटलर्स नेपालको सार्वजनिक मामिला सञ्चार र स्थिरता टिम तथा सेल्स टिमबीचको संयुक्त सहकार्यले आजसम्म १५ सहर र नेपालका धेरै साना सहरहरूमा यो कार्यक्रममार्फत ५ हजारभन्दा बढी महिला खुद्राविक्रेताहरूलाई प्रशिक्षण दिइसकेको छ ।
“हामीले नेपालमा अधिकांश खुद्राविक्रेताहरू महिला रहेको बुझेका छौं र विशेष गरी ग्रामीण क्षेत्रका यी महिलाहरूमा आधारभूत खुद्रा विक्रेता र व्यावसायिक सीपको अभाव छ । ५ बाइ २० कार्यक्रममार्फत हामीले खुद्राविक्रेताहरूले आफ्नो जीवनमा सामना गरिरहेका अवरोधहरू हटाउन सहयोग र समर्थन गर्ने लक्ष्य राखेका छौं । कम्पनीले निरन्तर आफ्नो भ्यालु चेनमा महिला प्रगतिलाई प्रत्सोहान गर्छ, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ।”
“५० लाख महिलालाई सशक्त बनाउने हाम्रो विश्वव्यापी लक्ष्यमा नेपालले गरेको प्रगति देखेर हामी अचम्ति छौं । हामी यस पहलको हिस्सा बन्न पाउँदा निकै खुसी छौं, जसले महिलाहरू र समुदायको जीवन परिवर्तन गर्न विश्वव्यापी मुद्दाहरूमा गहिरो र दिगो प्रभाव पार्दै सहयोग पु¥याइरहेको छ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ।”
५बाइ२० कार्यक्रममा हालै सहभागी भएकी रामपुरकी खुद्राविक्रेता मीना तामाङले भनिन्, “१७ वर्ष पहिला मैले आफ्नो परिवार चलाउनका लागि पसल सुरु गरेको हो । मैले आफ्नो सम्पूर्ण लगन र स्रोतहरू पसललाई लाभदायक बनाउन लगाए । यद्यपि कहिलेकाहीँ मैले आफ्नो व्यवसाय वृद्धि गर्न सही चिजहरू गरिरहेको छैन जस्तो लागिरहन्थ्यो ।
उक्त प्रशिक्षण प्रेरणादायक थियो र त्यसले मलाई मेरो शक्ति र कमजोरी दुवै पहिचान गर्न मद्दत ग¥यो । अन्य महिला खुद्राविक्रेताहरूलाई भेटेर उनीहरूको अनुभवबाट सिक्न पाउनु मेरा लागि प्रेरणादायक रहयो । मलाई यस अवसर प्रदान गरेकामा कोका–कोलालाई आभार प्रकट गर्छु ।”

 

प्रतिक्रिया दिनुहोस्