जुम्लाका गाउँ–गाउँमा इन्टरनेट «

जुम्लाका गाउँ–गाउँमा इन्टरनेट

अब जुम्लामा मंगलबारदेखि सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले सिम्पल लिंक इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि एकाएक गाउँ–गाउँमा इन्टरनेट पुगेको छ । मंगलबार एकैसाथ जुम्लाका हिमा, तिला, र सिंजा गाउँपालिका इन्टरनेट सेवा सुरु भएको हो । वेभ सरोवर कमिनिकेसन प्रालि काठमाडौं प्राविधिक सहयोग तथा सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि जुम्लाको लगानीमा गएको साउन महिनादेखि काम सुरु गरिको थियो ।
अहिलेसम्म सञ्चालनमा आउँदा अनुमानित झन्डै एक करोड बढी खर्च भएको सञ्चालक प्रतिशा शाहिले बताइन् । उनका अनुसार जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा सञ्चालन भएका छन् भने बाँकी एक नगरपालिकासहित ४ गाउँपालिकामा आउने आइतबारसम्म सञ्चालन हुनेछ । सातै गाउँपालिका इन्टरनेटको पहुँचमा पुगेसँगै जुम्लालाई डिजिटल जिल्लाका रूपमा घोषणा गरिने पनि तयारी हँुदै छ ।
एउटा गाउँपालिकालाई ५१२ केवि पीएस क्षामताको इन्टरनेट सेवा वितरण गरिएको छ । भने, सिम्पल इन्टरनेटकै डीएसएल राउटर जडान गरी दिएको प्राविधिक माानसिंह रावलले बताए । अहिले गाउँपालिकाहरूलाई निःशुल्क राउटर वितरण गरेको छौं । उनले भने, “एक गाउँपालिकामा राखिएको टावरले त्यहाँका विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय गाउँपालिका कार्यालयलगायत मोबाइलमा चलाउने मिल्ने उनको दाबी छ । इन्टरनेट विस्तारका लागि कर्णालीको रानीमत्ता हुँदै कालिकोट र जुम्लाका विभिन्न स्थानमा गरी झन्डै १५ वटा टावर जडान गरिएको छ । गाउँ–गाउँमा सिम्पलको फास्ट इन्टरनेट पुगेपछि स्थानीय हर्षित भएका छन् । ५० एमबीको क्षमतासहित प्रत्येक गाउँपालिका टावर राखिएका छन् । जुम्लालाई डिजिटल जुम्ला बनाउने सोचका साथ सुरु गरिएको सिम्पल लिंक इन्टरनेटका लागि १ करोड बढीको खर्च लागेको छ । अब बैंकिङ कारोबारदेखि सामान्य इमेल पठाउन र पाउन पनि एक दिन लगाई सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ ।
टेलिकम सरह सेवा
सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिको सिम्पल लिंक इन्टरनेटले टेलिकम सरह सेवा दिनेछ । सस्तो तथा महँगोका हिसाबले केही तल माथि नहुने पनि बताइएको छ ।
भने, टेलिकम भार थेकिनसक्नु भइसकेकाले इन्टरनेट फास्टका रूपमा सिम्पल प्रभावकारी बन्ने सबैको अपेक्षा छ । ५ सय १२ केवी बराबर महिनामा झन्डै १५ सय मात्रै तिनुपर्ने छ ।
गाउँमा इन्टरनेट आउँदा खुसियाली
ज्यानको जोखिम, एक दिनको पैदल, होटलको बास अब सिम्पल इन्टरनेट सेवाले पक्कै पनि छुटाउने हिमा गाउँपालिकाका कार्यकारी कर्ण कठायतको आशा छ । इन्टरनेट नहुँदा पहिले भाग्नु परेको दुःख सम्झिदा निकै सराहनीय काम भएको उनको बुझाइ छ ।
यस इन्टरनेटले बैंकिक कारोबार, इमेल पाउन पठाउनदेखि अन्य कामका लागि सदरमुकाम जाने समस्याबाट मुक्त गराउने अपेक्षा तिला गाउँपालिकाका–९ नम्बर वडा सचिव कमल घर्तीको पनि उस्तै छ । स्थानीय सरकारले ५ सयअन्तर्गत सञ्चारलाई प्राथमिकता दिए पनि व्यक्तिगत लगानीमा जुम्लालाई डिजिटल बनाउने योजनाका साथ इन्टरनेट विस्तार गरेको प्रति सबै गाउँपालिका प्रमुखहरूले धन्यवाद दिएका छन् भने जुम्ली पत्रकारहरू पनि अब सूचना पाउन तथा दिन निकै सहज हुने भन्दै खुसी भएका छन् । सजिलै रूपमा फेसबुक, इमेल इन्टर घरमा बसीबसी चलाउन पाइने भएपछि स्थानीयहरू हर्षित छन् ।
इलाका प्रशासनबाट डिजिटल नागरिकता
अब, इलाका प्रशासन कार्यालय सिजाबाट वितरण हुँदै आएको नागरिकता अब डिजिटलमा पाइने भएको छ । पहिला हस्त लिखितबाट वितरण हुँदै आएको नागरिकता सिम्पल इन्टरनेट पुगेपछि अब डिजिटलमा पाइने भएको छ ।
इन्टरनेट सेवा सुरु भएपछि वेव प्रणालीबाट नागरिकता वितरण हुने भएको सिजा गाउँपालिकाका प्रमुख देवलसिह रावलले बताए । उनले भने यो एउटा सुखद् कुरा हो सञ्चार विकासमा एउटा इँटा थप भएको छ ।
नगरपालिका केन्द्रीत नेपाल टेलिकम सेवा
जुम्लाको खलंगा बजारस्थिल नेपाल टेलिकमले चन्दननाथ नगरपालिका भित्रका १० वडामा पनि सेवा दिन सकिरहेको छैन । २ एमबी क्षमता भएको नेपाल टेलिकमको इन्टरनेट सेवाले यहाँका स्थानीय नागरिक प्रभावित भइरहेका छन् । केही स्थानीय र सरकारी तथा गैरसरकारी कार्यालय बाहेक अरू स्थानीय सेवाग्राहीले ल्यान्ड लाइन र इन्टरनेट सेवा प्राप्त गर्न सकिरहेका छैनन् ।
चन्दननाथ नगरपालिकाको ८ र ९ नम्बर वडामा पर्ने तलिउम, जातीभीड लगायतका गाउँमा टेलिफोन सेवा नभएको स्वास्थ्य कर्मी नरेन्द्र धरालाले बताए ।

सागर परियार

प्रतिक्रिया दिनुहोस्