Logo

एनएमबी बैंकका ग्राहकलाई किंग्स प्यालेस र यात्री होटलमा १० % छुट

रुपन्देही-एनएमबी बैंकका ग्राहकले भैरहवाको किंग्स प्यालेस प्रालि(रेस्टुराँ तथा लाउन्ज) र यात्री होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । एमएमबी बैंक र किंग्स प्यालेस तथा यात्री होटलबीच भएको सम्झौतामा दुवैले १ वर्षसम्म एनएमबी बैंकका ग्राहकले इलोक्ट्रोनिक माध्यमबाट भुक्तानी गरे स्वतः १० प्रतिशत छुट पाउने भएका हुन् ।
एनएमबी बैंकको देशभरका कुनै पनि शाखाका ग्राहकले यो सुविधाका लागि एनएमबी बैंकद्धारा जारी गरेको भिसा डेबिट कार्डमार्फत यो सुविधा लिन सक्नेछन् । ग्राहकले किंग्स प्यालेस बर्मेलीटोल र नया सडकस्थित होटल यात्रीमा त्यहाका सबै खाद्य वस्तु, पेय पदार्थ(अल्कोहल, नन अल्कोहल) फुड एन्ड बेभरेज तथा आवासमा उपभोग गर्दा बिल रकममा १० प्रतिशत छुट पाउने हुन् ।
यो सुबिधा एनएमबी बैंकको क्रेडिट कार्ड लिएका ग्राहकले समेत पाउनेछन् । सहमतिपत्रमा एनएमबी बैंकका भैरहवा शाखा प्रबन्धक प्रभातसिंह खाती किंग्स प्यालेस भैरहवाका निर्देशक दिलिप जिसी र यात्री होटलका प्रबन्ध निर्देशककुमार पौडेलले हस्ताक्षर गरे । यो १० प्रतिशत छुट अफर १ वर्ष सम्म (२०७७ साल माघ मसान्त) लागू हुने एनएमबी बैंकका प्रबन्धक खातीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्