एनआईसी एसिया बैंकको चामत्कारिक निक्षेप योजना

विराटनगर- सर्वसाधारणहरूलाई सहज रूपले सेवा पुु-याउन एनआईसी एसिया बैंकले न्यू सुुपर चमत्कारी निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।
पछिल्लो समय एनआईसी बैंकले विभिन्न आक्रमक योजनाका अघि सारेको छ । त्यसैमध्येको न्यू सुपर चमत्कारी निक्षेप योजना सञ्चालनमा ल्याएको हो । बैंकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी सो योजनामा खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बिमा सुुविधा प्राप्त गर्ने जनाइएको छ । ग्राहकलाई सर्वाधिक उच्च प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले ल्याएको चमत्कारी योजनामा बिमा सुुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशानिक शुुल्कमा विशेष छुुट, निःशुुल्क होम बैंकिङ सुुविधा, एटिमबाट रकम झिक्दा शुुल्क नलाग्ने व्यवस्थालगायत ३० चामत्कारिक फाइदा पुुग्ने गरी योजना ल्याएको बैंकका प्रदेश–१ का प्रमुुख दीपक थापाले बताए ।
योजनाअन्तर्गत खाता खोल्ने खातावालको दुुर्घटनामा मृत्युु भएमा वा पूर्ण अशक्त भएमा १० लाखसम्मको बिमा सुुविधा तथा १८ वटा घातक रोगका लागि १० लाख र १ लाख बराबरको औषधि उपचार बिमा पाउनेछन् । त्यस्तै बैंकले रकम बचतका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन किसिमको खातामा पैसा जम्मा गर्दा ग्राहकले वार्षिक साढे ६ प्रतिशत ब्याज प्राप्त गर्ने थापाले जनाए । उनलका अनुसार बैंकले गत वर्ष ल्याएको सुुपर चमत्कारी योजनामा प्रदेश–१ का ३० जना ग्राहकलाई विभिन्न बिमा योजनामा ७२ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ ।