Logo

भृकुटीमण्डपमा वित्तीय मेला

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना भएको बताएका छन् । तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
वैदेशिक विभागको पछिल्लो तथ्यांकमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ । रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करिब आठ खर्ब रुपैयाँ विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ ।
वित्तीय चेतना अभिवृद्धि पु-याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ । प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजकले जनाएको छ । प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरुले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिइने छ ।

 

प्रतिक्रिया दिनुहोस्