सुनचाँदीको मूल्य निरन्तर बढ्ने क्रममा

काठमाडौं- सुनचाँदीको मूल्य निरन्तर बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आइतबार दुई हजारले बढेर दुई लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर आइतबार एक तोला चाँदी दुई हजार ५ रुपैयाँमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस तीन हजार ५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।