वाईवाईलाई बलियो नेपालमा नजोड्ने प्रष्टोक्ति «

वाईवाईलाई बलियो नेपालमा नजोड्ने प्रष्टोक्ति

चौधरी फाउन्डेसनले बलियो नेपाल अभियानमा वाईवाई चाउचाउलाई समावेश गराउने कुनै कार्यक्रम नरहेको प्रष्ट पारेको छ । फाउन्डेसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बलियो नेपालको सन्दर्भमा चौधरी समूह र वाईवाई चाउचाउको नाम जोडेर आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
“वाईवाई चाउचाउलाई बलियो नेपाल अभियानमा समावेश गराउने कुनै योजना नरहेको प्रष्ट पार्न चाहान्छौं,” फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विगत ४० वर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन ।”
फाउन्डेसनले बलियो नेपाल गैरनाफामूलक संस्था भएको र नागरिक समाजका नेतृत्वकर्ताहरु संलग्न रहेकाले स्वतन्त्र बोर्डद्वारा सञ्चालित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्