रोबोट बनाउन अनुहार आवश्यक

रोबोट बनाउनका लागि प्रविधि कम्पनीले अनुहारको खोजी गरिरहेको छ । इंग्यान्डको प्रविधि क्षेत्रको कम्पनी जियोमिकले आफ्नो रोबोटका लागि फेस खोजिरहेको हो ।
कम्पनीले खोजेको अनुहार फेला परे त्यो व्यक्तिलाई नेपाली रुपैयाँ करिब डेढ करोड जति दिनेछ । कम्पनीले अनुहारका लागि केही शर्तहरु राखेको छ । त्यस अनुसार अनुहार शान्त र मैत्री पूर्ण हुनुपर्नेछ । यो कम्पनीले त्यसै अनुहार लिने छैन । यससम्बन्धी कम्पनीले एक सम्झौताको खाका तय गरेको छ । त्यस सम्झौतामा भएको शर्त रोबोटका लागि अनुहार दिन खोज्ने मानिससँग हस्ताक्षर गरिनेछ । रोबोटले मानिसजस्तो काम गर्ने भएकाले मानिसको अनुहारको आवश्यकता भएको हो ।