स्काइवाक टावरमा नबिलका ग्राहकलाई छुट

काठमाडौं– नबिल बैंकका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै बैंकले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग समझदारी गरेको छ ।
यस सम्झौताअनुसार नबिलका ग्राहकले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको सम्झौता अन्तर्गत, बैंकका ग्राहकले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बताइएको छ । काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर ७८.५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।