Logo

नबिल बैंक र बीईईएनबीच सम्झौता

काठमाडौं– नबिल बैंकले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन–प्रोजेक्ट)सँग सम्झौता गरेको छ । इनर्जी इफिसियन्सी इन नेपाल उर्जामैत्री र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित योजना हो ।

सम्झौतासँगै नबिल बैंक र बीईईएन–प्रोजेक्ट नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीईईएन–प्रोजेक्टका योजना प्रमुख ड्यानियल नेयरले एमओयूमा हस्ताक्षर गरेका थिए ।

ऊजौमैत्री एवं दिगो भवन निर्माणले वातावरणमा फाइदा गर्ने मात्र नभएर, समुदाय र आर्थिक चक्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । दिगो आवासको प्रवर्द्धन र सचेतनाका लागि नबिल बैंकले ‘सस्टेनेबल हाउसिङ लोन’ ल्याएको छ । यस्तै, बीईईएनले यस किसिमका आवासीय भवन निमार्णका लागि प्राविधिक सहायता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्