Logo

एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर

एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ ।

अफरमा ग्राहकहरुले ईएनएमबि एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्सफफर गर्न सक्नेछन् । चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ ।

सो अफर साउन मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ । साथै एनएमबि बैंकले असार २०८० सम्म ग्राहकलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । एनएमबि बैंकका नयाँ वा विद्यमान ग्राहकले कुनै पनि शुल्क बिना नै डेबिट कार्ड प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्