चेम्बर र साउदी अरेबियाका राजदुतबीच छलफल

लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि गर्न विषयमा नेपाल चेम्बर अफ कमर्स र साउदी अरेबियाका राजदूत मसियद बिन सुलिमानसँग छलफल भएको छ । चेम्बर अफ कमर्सको सचिवालय जमलमा बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गरे । उनले दुई देशका उद्यमी व्यवसायीबीच प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरूले संंभावना पहिचान गर्नुपर्ने कुरामा जोड दिए ।
उनले आर्थिक उन्नतिका लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागू भइसकेको जानकारी दिँदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागेको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबियाबाट समेत सहभागिताका लागि अनुरोध गरे ।
कार्यक्रममा नेपालका लागि साउदी अरबियाका राजदूत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताए । उनले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्नेमा जोड दिए । दुई देशका उद्यमी व्यवसायबीच द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरूले संंभावना पहिचान गर्नुपर्ने धारण राखे ।
साउदी अरबिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । वास्तवमा भन्ने हो भने साउदीमा १२.९ प्रतिशत नागरिक बेरोजगार रहेकाले निजी क्षेत्रका स–साना कम्पनीमा समेत साउदी नागरिकलाई अनिवार्य रोजगार दिनुपर्ने नीति लिएको छ । आगामी २५ वर्षपछि झन्डै १ करोड साउदी नागरिकले अवकाश पाउने स्थिति रहेकाले सामाजिक सुरक्षा साउदीमा ठूलो चुनौती बनेको छ ।