कर र भीसिटीएसको विरोधमा व्यवसाय ठप्प

हेटौंडा:सरकारले साउन १ गतेबाट लागू गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रर्याकिङ सिस्टम’ भिसिटीएसको विरोधमा मंगलबार हेटौंडामा व्यापार व्यवसाय ठप्प पारिएको छ । सरकारले जथाभावी कर बढाएर लगानीमैत्री वातावरण नबनाएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीले बजार बन्द गरेका हुन् ।
निजी क्षेत्रमा काम गर्ने मजदुरले पनि पान नम्बर लिनैपर्ने सरकारी व्यवस्थाले सानादेखि ठूला व्यवसायीहरु मारमा परेकाले त्यसको विरोध गर्नुपरेको मकवानपुर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष माधव न्यौपानेले जानकारी दिए । संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा सोमबार व्यवसायीको भेला भएको थियो । भेलाले सरकारलाई दबाब दिन हेटौंडा बजार बन्द गर्ने निर्णय गरेको थियो । कर नीतिमा केही संशोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले व्यवसायीले बजार बन्दका साथै -यालीसमेत निकालेका थिए । सरकारले लागू गरेको कर नीति जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिने अवस्था रहेको संघको भनाइ ।छ
हेटौंडाको चेम्बरमार्गबाट व्यवसायीले निकालेको -यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । एकाएक बजार ठप्प हुँदा उपभोक्ता भने मारमा परेका छन् ।