निसान गाडी किन्ने नबिल बैंकको कर्जा «

निसान गाडी किन्ने नबिल बैंकको कर्जा

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवा प्रदान गर्न लक्ष्य राखेको छ । सम्झौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधा सजिलो उपलब्ध हुनेछ । ईभीको लागि बेस रेट प्लस ३.५० प्रतिशतदेखि ५.०० प्रतिशत हुनेछ भने ७ वर्षको अवधि हुनेछ ।

केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहक अब निसान ईभीको मालिक हुन सक्छन् । बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनसँग समायोजन गरिएको छ । योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाबाट नेपालभर लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्