एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस

एनएमबि बैंकले मर्चेन्टका लागि ‘क्यूआरमा एक हजार बोनस’ अफर ल्याएको छ । बैंकले विद्युतीय माध्यमद्वारा भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो योजना सार्वजनिक गरेको हो ।
बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरूले एक हजार रुपैयाँभन्दा माथिको क्यूआरमर्फत पहिलो भुक्तानी लिँदा एक हजारको बोनस जित्ने मौका पाउनेछन् । यो योजना गएको फागुन १५ गतेदेखि सुरु भएको बैंकले जानकारी दिएको छ ।
यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा ‘करेन्ट अकाउन्ट’ हुन जरुरी छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।