Logo

नेपाली चलचित्र ‘चरी’ को पोष्टर सार्वजनिक

नेपाली चलचित्र ‘चरी’ को पोष्टर सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र ‘चरी’को पोष्टर एनआरएनएका पूर्वअध्यक्ष तथा टीबीआई पब्लिकेसन्स प्रालिका अध्यक्ष भवन भट्टले आज (शुक्रबार) सार्वजनिक गरेका हुन् । राजेन्द्र भट्टको प्रस्तुति रहेको सो चलचित्रको पोष्टरमा कलाकार बिष्णु रिजाल, अम्बर सुवेदी, सबिना गोपाली देखिएका छन् ।

चलचित्रमा केरिन शर्माको लेखन तथा निर्देशन रहेको छ भने चलचित्रमा बिष्णु रिजाल, अम्बर सुवेदी, सबिना गोपाली, सरिता गिरी, शम्भु साही लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको प्रिमियर आउँदो चैत २ गते निफ फिल्म फेस्टिबलको उद्घाटन समारोहमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्